मज्जाको अनलाईन, फागुन २७ गते बुधबार, २०७१, काठमाडौं ।

नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी गाउँ, द ट्वीनिङ भिलेज, एन अनब्रेकएबल बोण्ड अफ फ्रेण्डसिप’को राजधानीमा बुधबार प्रिमियर गरिएको छ ।

The Twining Village For Mazzakoonline

सन् २००७ देखि कायम भएको यी दुई स्थानको दौत्य सम्बन्धले पारेको सकारात्मक प्रभावलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ । मुनाल फिल्मस् प्रालिले निर्माण गरेको वृत्तचित्रका छाँयाकार, सम्पादक र निर्देशक भोजबहादुर गुरुङ हुन् । वृत्तचित्रको प्रिमियर गर्नु अघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र वृत्तचित्रका निर्देशक भोजलगायतले वृत्तचित्रको डिभीडी सार्वजनिक गरेका थिए ।

For More videos Log on to Mazzako TV