मज्जाको अनलाईन, फागुन २७ गते, २०७१, काठमाण्डौं ।

ठुलो ज्यान भएका हाँस्यकलाकार निर्मल शर्मा ‘गैडा’ले एक्सन कट गरेको पहिलो चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरुलाई फिचरिङ्ग गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरबाट आफुले राम्रो प्रतिक्रिया पाईरहेको निर्देशक गैडाले जानकारी गराएका छन् । ‘यसअघि सार्वजनिक गरिएको गीत झै ट्रेलरबाट पनि निकै राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने, ‘आशा छ ट्रेलर झै सिनेमालाई पनि दर्शकहरुले रुचाउनुहुनेछ’ ।

नायिका पुजना स्त्री निर्मात्री रहेको यस चलचित्रमा पुजनाका अलावा डा. आयुशमान घिमिरे, एयर होष्टेज नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुनिता ठाकुर, सुमन गैरे लगायतका कालकारहरुले अभिनय गरेका छन् ।

राजधानीमा रहेका सडक बालबालिकाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रमा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङले पनि निर्माणमा साझेदारी गरेका छन् । पुजनाकै कथा, पटकथा र संवाद रहेको फिल्ममा प्रसन्न पौडेल, बब्बु थापाको नृत्य, शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत, कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV