मज्जाको अनलाईन, फागुन २७ गते बुधबार, २०७१, काठमाण्डौं ।

नायिका रेखा थापालाई नेपालकी ‘नम्बर वान’ नायिका भनेर सम्बोधन गरिन्छ । तर उनै नायिका थापालाई भारतमा भने ‘महानायिका’को उपाधी मिलेको छ । होलीको अवसर पारेर भारतका १० शहरमा आयोजना गरिएको होली हंगामा कार्यक्रममा सहभागी भएकी नायिका थापालाई ‘महानायिका’ भनेर सम्बोधन गरिएको हो ।

Rekha Thapa 4
नयिका थापा केही दिन अघि आफ्नी आमाको साथमा भारत प्रस्थान गरेकी थिईन । साथमा नायक श्याम अर्याल पनि रेखासँगै भारत पुगेका छन् । कार्यक्रमको मुख्य आर्कषणको रुपमा रहेकी रेखाले आफुले भारतमा रहेका नेपालीहरुबाट पाएको सम्मानले थप उर्जा मिलेको प्रतिक्रिया दिएकी छिन् ।

Rekha Thapa 3
हुन त नेपाली कलाकारहरुलाई राज्यबाट त्यस्तो उपनाम र सम्मान अहिलेसम्म दिएको छैन तर पनि राजेशहमाललाई ‘महानायक’, नायिका करिश्मा मानन्धर लाई ‘सदावहार नायिका’ भनि बोलाईन्छ । राजेश र करिश्मालाई लाई चलचित्र प्राविधिक संघले यो उपाधी दिएको हो ।

Rekha Thapa 2

For More videos Log on to Mazzako TV