मज्जाको अनलाईन, फागुन २६ गते, २०७१, काठमाण्डौं ।

चलचित्र ‘षडङ्ग को टिजर सार्वजनिक गरिएको छ । ३० सेकेन्ड लामो सार्वजनिक टिजरमा नायक सौगात मल्लको रमाईलो संवादलाई हेर्न पाईन्छ । बन्दुक तेर्स्याउदै उनी भन्छन्, ‘त पनि कालो म पनि कालो, हेर्छु साला कस्को पहिला मर्ने पालो’ ।


आउँदो चैत १३ गते प्रदर्शनमा आउने फिल्म ‘षडङ्ग’मा सौगात मल्ल सँगै नायिका प्रियंका कार्की, अनुप बराल, ए गुरुङ, सौरमराज तुलाधर लगायत कलाकारहरु प्रस्तुत छन् । सुरज सुनुवार निर्देशित यो फिल्म ग्याङस्टारको कथामा आधारित रहेको बताईएको छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत रहेको छ । चलचित्रमा अष्ट महर्जनले फाईट सिकाएका हुन् भने गोविन्द राईले नाच्न सिकाएका हुन् ।

For More videos Log on to Mazzako TV