मज्जाको अनलाईन, फागुन २६ गते मंगलबार, २०७१, काठमाण्डौं ।

चलचित्र ‘नाई नभन्नु ल ३’ को फष्टलुक पोष्टर रिलिज भएको छ । आगामी चैत्र २७ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ३’ को पोष्टरमा  फिल्मका मुख्य पात्रहरू आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीलाई प्रस्तुत गरिएको छ ।

nai nabhannu la 3

चलचित्रको पोष्टर डिजाईन शाहिल खानले गरेका हुन् । सार्वजनिक गरिएको पोष्टरले मायाप्रेकको कथालाई झल्काउछ ।

‘नाई नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाई नभन्नु ल २’ लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले तेस्रो सिक्वेलकोरुपमा चलचित्र ‘नाई नभन्नु ल ३’ बनाएका हुन् । सांगीतिक प्रेमकथामा बनेको’नाईं नभन्नु ल ३’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्ममा बसन्त सापकोटाको संगीत छ जसले ‘नाईं नभन्नु ल २’ मा ब्लकबस्टर संगीत दिएका थिए । यता निर्देशक आचार्यले ‘नाई नभन्नु ल’ को सिरिजको सबैभन्दा उत्कृष्ट ‘नाईं नभन्नु ल ३’ नै बनेको बताए ।

For More videos Log on to Mazzako TV