बलिउडका चर्चित अभिनेता शाहरुख खान सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन् । उनी अपरान्ह ३ः ३० बजे आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका हुन् ।
न्यारोल्यक पेन्टस्ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन् । शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Shahrukh Khan new 2
करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुनः मुम्बई फर्कने कार्यक्रम छ । विमानस्थलबाट उनी सिधै होटल हायतमा पुग्ने छन् । केही बेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन ्। पत्रकार सम्मेलनमा नेपाली कलाकार प्रियंका कार्की लगायतका सहभागी हुने छन् । सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुख सामुन्ने नायिका प्रियंकाले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

शाहरुखले अभिनय गरेका ‘ह्याप्पी न्यु ईयर’ को ‘लभ्ली’, ‘डन’ को ‘आजकी रात’, ‘चेन्नई एक्सप्रेस’ को ‘लुंगी डान्स’, ‘शक्ति’ को ‘इस्क कमिना’ र ‘बिल्लु बार्बर’ को ‘मर्जानी मर्जानी’ बोलको गीतमा प्रियंकाले डान्स गर्ने आयोजकले जाकारी दिएको छ । प्रियंकालाई अन्य एक दर्जन कलाकारले साथ दिनेछन् ।
साभार -अन्नपूर्ण पोस्ट डटकम

For More videos Log on to Mazzako TV