मज्जाको अनलाईन, फागुन २३ गते शनिबार, २०७१, काठमाण्डौं । 

नेपालको सबैभन्दा ठुलो सांगीतिक रियालीटि शो ‘नेपाली तारा ३’ को उपाधी चुम्न सफल भएका छन्  मोरङ्गका प्रताप लामा । दर्शकको भोट र निर्णायकको अंकलाई आधारमा गायक प्रताप लामा ‘नेपाली तारा ३’ बन्न सफल भएका हुन् । फाईनलका लागि छानिएका सुरेश लामा र देवेस राईलाई पछि पार्दै उनले नेपाली तारा ३ को उपाधी हासिल गर्न सफल भएका हुन् ।

Nepali Tara Pratap 1

फाईनल सम्म पुग्न सफल भएका देवेश फस्र्ट रनरअप भए भने सुरेशले तस्रो स्थानमा चित्त बुझाउनु पर्यो । प्रतियोगीतामा दोस्रो र तेस्रो भएका देबेस र सुरेशलाई क्रमश ट्रफीको साथमा नगद ५० हजार र २५ हजार रुपैया प्रदान गरियो ।

Nepali Tara Pratap 3

नेपाली तारा भएसँगै प्रताप लामाले बजाज डिस्कोभर बाईक, रु दई लाख पचाँस हजार नगद अनि तीनवटा गीत रकर्ड गराउने अवसर पनि पाएका छन् । भब्य कायक्रम सहित शुक्रबार आर्मी अफिसर्स क्लबमा भएको फाईनल प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले प्रतियोगिताको लागि अन्तिम प्रस्तुती दिएका थिए । साथमा निर्णायक र अतिथि गायक गायिकाहरुले पनि उपस्थित सबैलाई गीत सुनाएका थिए ।

Nepali Tara Pratap 2
आयोजकका अनुसार टप टेनमा पुगेका सबैले जनही ११ हजार रुपैया नगद पुरस्कार सहित टप टेन एल्बममा गीत गाउने अवसर पनि पाउनेछन् । नेपाली तारा ३ को यात्रा गत भदौं १७ गते धरानबाट शुरुभई, नारायणगढ, बुटवल, पोखरा भक्तपुर हुदै काठमाण्डौंमा आएर फाईनल प्रतिस्पर्धासँगै टुङ्गिएको हो ।

For More videos Log on to Mazzako TV