मज्जाको अनलाईन, फागुन २० गते बुधबार, २०७१, काठमाण्डौं ।

गिनिज बुक अफ बल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा आफ्नो नाम लेखाउन सफल भएका ८ बर्षिया सौगात विष्टले सबै सहयोगीहरुलाई सम्मान पत्र सहित विशेष धन्यवाद ज्ञापन गरेका छन् । आज राजधानीको कुमारी हलमा एक कार्यक्रमको आयोजना गरि फिल्मका इन्टायर युनिट सहित गिनिज बुक अफ वल्र्ड रेकर्डस् सम्मको यात्रामा सहयोग गर्ने पत्रकार तथा सहयोगी हातहरुलाई सम्मान पत्र दिईएको हो ।

4

चलचित्र ‘लभ यू बाबा’ सार्वजनिक प्रर्दशनमा आईसकेको छ । ब्यबसायिक रुपमा सफल हुन नसकेपनि यही चलचित्रको निर्देशन गरेर सौगातले भने विश्वको कान्छा निर्देशकको रुपमा आफ्नो नाम विश्वभरि चिनाउन सफल भएका छन् । चलचित्र ‘लभ यू बाबा’को निर्देशन गर्दा उनको उमेर ७ बर्ष ३ सय ४० दिन मात्र थियो । चलचित्रको पुन: प्रर्दशन गर्ने प्रबन्ध मिलाईरहेको पनि निर्माण युनिटले जानकारी गराएको छ ।

3

कक्षा २ मा अध्ययनरत निर्देशक बिष्टले आफ्नी आमा सम्झना पोखरेल र बुवा गजित बिष्ट प्रति बिशेष आभार ब्यक्त गरे । चलचित्र निर्देशकको सृजना भएको बताउदै उनले भने, ‘चलचित्र राम्रो लागे सबै अंकल आन्टीहरुलाई भनिदिनु होला, नराम्रो लागे मलाई भन्नुहोला, अर्को चोटी म अझै मेहनत गरेर सिनेमा बनाउछु’ । सबै नेपालीले आफ्नो सिनेमा हेरिदिएमा आफुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएको सम्मान मिल्ने पनि निर्देशक बिष्टले बताए ।

2

सम्मान पत्र वितरण कार्यक्रम पश्चात उपस्थित सबैलाई चलचित्र ‘लभ यू बाबा’ देखाईएको थियो । उपस्थित सबैले चलचित्र राम्रो बनेको भएता पनि चलचित्र नचल्नु निकै दु:खको कुरा रहेको प्रतिक्रिया दिए । चलचित्र ‘लभ यू बाबा’मा बाबु र छोरीबीचको भावनात्मक सम्बन्धलाई देखाउन खोजिएको छ । चलचित्रमा गजित बिष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतको अभिनय रहेको छ ।

1

For More videos Log on to Mazzako TV