मज्जाको अनलाईन, फागुन १९ गते मंगलबार, २०७१, काठमाण्डौं ।

यसअघि दुईवटा चलचित्र ‘ब्याक टु ब्याक’ हिट दिईसकेको दुर्गिस फिल्मस्को ब्यानरमा बनेको तेस्रो चलचित्र ‘होष्टल रिर्टन्स’ले आफ्नो ‘घुम्टो’ अर्थात मुहार सार्वजनिक गरेको छ । चलचित्रको रिलिज गरिएको यस पोष्टरमा सुगठित शरीरका साथ चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र शशी श्रेष्ठलाई देख्न सकिन्छ ।

Hostel Returns
टिनएजर हरुको कथा बोकेको चलचित्र ‘होष्टेल रिर्टन्स्’ बैशाख २५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउनेछ । चलचित्र ‘होष्टेल रिर्टन्स्को निर्देशन सुजर भुषालले गरेका हुन् । यसअघिका चलचित्र झै होष्टल रिर्टन्समा पनि निकै मेहनत गरिएको चलचित्रका निर्माता सुनिल रावल जानकारी गराउछन् । आफ्ना सबै चलचित्रहरुले राम्रो ब्यापार गरेको बताउदै उनले भने ‘मन देखि चलचित्र बनाउनु पर्छ दर्शकलाई अवश्य मन पर्छ, होस्टल रिर्टन्स पनि हामीले मनदेखि बनाएको सिनेमा हो’ ।

अब हेर्न बाँकी यो छ कि निकै तामझामको साथ पब्लिसिटी सुरु गरिएको चलचित्र ‘होष्टल रिर्टन्स’ले यसअघिका दुर्गिस फिल्मस्का चलचित्र झै ब्यापार गर्न सफल हुन्छन् कि हुदैनन् । बैशाख २५ गतेदेखि सबै कुरा प्रष्ट भईहाल्छ । खैर जे भएपनि मज्जाको अनलाईको तर्फबाट भने चलचित्रलाई सफलताको शुभकामना ।

For More videos Log on to Mazzako TV