मज्जाको अनलाईन, फागुन १९ गते मंगलबार, २०७१, काठमाण्डौं ।

Sadang poster

‘लभी डबी चबी बेबी, सबको हुँ म मिठो हबी’,…. भन्दै हर्षिकाले आफ्नो ग्ल्यामरस नृत्य प्रस्तुत गर्दा सबै जना ‘ट्वा’ । गीत हो चलचित्र ‘षडङ्ग’को । आगामी चैत्र १३ गतेदेखि सार्वजनिक प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘षडङ्ग’को गीत भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा सुजेन्द्र डि. कार्कीको शब्द र संगीत रहेको छ भने अवाज मिना सिंह (सुम्निमा)को हो । गीतमा नायिका हर्षिकाको निकै हट अवतार देख्न पाईन्छ ।

हर्षिकालाई चलचित्रको यस आईटम गीतमा मात्र देख्न पाईनेछ । चलचित्रकी मुख्य नायिका भने प्रियंका कार्की हुन् । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘षडङ्ग’मा अनुप बराल, सौगात मल्ल, विजय लामा, सौरमराज तुलाधर, ए गुरुङ्ग, नवीन मानन्धर लगायतको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत रहेको छ । चलचित्रमा अष्ट महर्जनले फाईट सिकाएका हुन् भने गोविन्द राईले नाच्न सिकाएका हुन् ।

For More videos Log on to Mazzako TV