मज्जाको अनलाईन समाचार, काठमाण्डौं । 

हाँस्य कलाकार दिपकराज गिरीले नायिका प्रियंका कार्कीलाई एकटकले हेरिरहे । अनि अचानक  यसो भन्न थाले :-

‘न म हेन्डसम छु, न म पर्फेक्ट छु
न मसँग बडी छ, हातमा सिम्पल घडी छ
वाईयात छ तिम्रो लभ स्टोरी ….’

Woda Number 6 ko pic 2
उनले यसो भनिरहँदा दिपाश्री निरौला भने टुलुटुलु दिपकलाई नै हेरिरहेकी थिइन् । एकछिन मै कोरियोग्राफर गम्भिर विष्टले परबाट ‘कट’ भने । यो दृश्य भर्खरै राजधानीस्थित थापाथलीको राम मन्दिरमा देखिएको हो । जहाँ प्रतिक्षित फिल्म ‘वडा नम्बर ६’ को गीतको छायांकन भइरहेको थियो । यो गीतलाई दिपक आफैले लेखका हुन् भने संगीत सुगम पोखरेलको रहेको छ । स्वर पनि सुगम र प्रिति कौरको रहेको छ ।

Woda Number 6 ko pic 4

‘सिचुएसनल’ यो गीतलाई दर्शक तथा श्रोताले मनपराउने विश्वास रहेको फिल्मकी निर्मात्री दिपाश्री निरौलले बताइन् । गीतमा दिपक र प्रियंकामात्र फिचरिङ छन् ।

दिपकराज, दिपा र निर्मला शर्माले सँयुक्त रुपमा निर्माण गरेको यो फिल्ममा चारवटा गीत रहेका छन् । जसमध्ये ‘थैलो खै पटकु खै’ बोलको गीतको छायांकन भइसकेको छ  जसमा फिल्मका कलाकारहरु दिपकाराज, दिपा, प्रियंका, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राईले नृत्य पस्केका छन् । अब फिल्मको दुई गीतको छायांकन बाँकी छ ।

Woda Number 6 ko pic 1

काठमाण्डौं बाहिर न्यूनतम ३५ लाख रुपैयाँमा एफडि कम्पनीलाई वितरणको जिम्मा दिइएको ‘वडा नं ६’ को प्रदशर्न मिति तोकिएको छैन् ।

Woda Number 6 ko pic 3
Woda Number 6 ko pic 5

For More videos Log on to Mazzako TV