बलिउडले मलाई अझै स्वीकार गरेन: सन्नी लियोन
मज्जाको अनलाईन समाचार, भारत ।
अभिनेत्री सनी लियोनले बलिउडले अझै आफूलाई स्वीकार गर्न नसकेको बताएकी छन् ।
बलिउड हंगामासँग कुरा गर्दै भिनेत्री सनी लियोनले भनिन्– ‘म बलिउडमा आफूलाई अपरिचित महशुस गरिरहेकी छु । तर, धन्य छ कि चलचित्र प्रशंसकहरुले मलाई स्वीकार गरेका छन् । मेरा प्रशंसक मेरा साथ छन् । यसकारण म खुस छु ।’
सनी लियोनले बलिउडमा आफ्नो स्थान पक्का भइसकेको भने बताएकी छन् । उनी भन्छिन्– ‘म मात्र कडा मेहनत गर्न चाहन्छु । म एक सफल कलाकार बन्न चाहन्छु । एक दिन आउनेछ जब बलिउडले पनि मलाई सहर्ष स्वीकार गर्नेछ ।’ उनले भनिन्– ‘गत वर्ष उनको चलचित्र ‘रागिनी एमएमएस–२’ को सफलताले देखाइसकेको छ कि कुनै हिरोइन पनि आफ्नो काँधमा कुनै चलचित्र उठाउन सक्छनु ।’
For More videos Log on to Mazzako TV