काठमाडौं, माघ ३ – माघ ८ मा संविधान नआएपनि आकाशबाट पानी आउने सम्भावना चाहिँ बढेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार केही दिन बदली भएर ३ गतेदेखि सुधार भएको मौसममा ८ गतेपछि फेरि बदली हुनेछ ।

Raining at ktm
‘पश्चिमी वायु र भारतको राजस्थानमा उत्पन्न हुने न्युनचापीय क्षेत्रका कारण माघ ८ मा पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ’ मौसमविद शान्ति कँडेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार भोलिपल्ट ९ गते भने पश्चिमसँगै मध्य क्षेत्रमा पनि पानी पर्नेछ ।

माघे संक्रान्तिमा पनि पश्चिमी वायु र पंजावमा उत्पन्न न्युनचापी वायुको प्रभावले मौसम बदली भएको थियो । १ गते र २ गते काठमाडौं र आसपासको क्षेत्रमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेपनि जुम्लामा मात्र पानी पर्यो । तर देशैभर सामान्य बदली चाहिँ भएको थियो ।

३ गते शनिबार देशभरको मौसम सफा छ । तराई क्षेत्रमा भने बिहानपख हुस्सु लागेको छ ।

– उज्यालो अनलाईनबाट

For More videos Log on to Mazzako TV