मज्जाको अनलाईन समाचार, माघ ३ गते, काठमाण्डौं

प्राय युवतीका लागि बढी वजन तनावको बिषय हुने गर्दछ । स्लिम शरीरलाई सुन्दरताको पर्याय मानिन थालिएपछि कैयन युवतीहरु अनावश्यक डाईटिङ्ग गरेरै दुब्लाउन प्रयत्न गरिरहेका हुन्छन् । उनीहरुका लागि खुशीको कुरा, शरीरको तौल क मगर्न दिनहुँ हाडे बदामको सेवन गर्दा फाईदा पुग्ने देखिएको छ ।

Baadam new

अमेरिकाको पेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरु द्वारा ५२ जनामा गरिएको यस अध्ययनलाई जर्नल अफ अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको छ ।
अध्ययन अनुसार दिनहुँ ४२ ग्राम हाडे बदाम खानाले पेटको बोसोको मात्रामा कमी ल्याउनुका साथै हृदयरोगको खतरासमेत कम गर्छ । पेटमा जमेको बोसो मुटु रोगको कारक मानिन्छ ।

अध्ययनको निचोड अनुसार सामान्य आहारको सट्टा हाडे बदाम सेवन गर्नेहरुमा मोटोपना कम हुनुको साथै मुटु रोगको जोखिमसमेत कम देखिएको थियो ।

– साभार कान्तिपुरबाट

For More videos Log on to Mazzako TV