मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०२–

आगामी वैशाख ११ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘रेशम फिलिली’ को युट्युव अडियो गीत सार्वजनिक भएको छ ।

resham filili

कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘जालमा’ बोलको गीत सुन्दा टिपिकल लाग्छ । गीतमा संगीतकार बाँस्कोटा र सोमिया बराईलीको स्वर छ भने शब्द संगीतकार र मानस राजको छ । गीतलाई श्रोतालाई  रुचाउने विश्वास राखिएको छ । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको  फिल्म ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय छ ।

भी मोसन पिक्चर्सको निर्माण रहेको रेशम फिलिली कमेडी फिल्म हो । फिल्ममा माधव वाग्लेको लगानी रहेको छ ।

गीत सुन्न तलको लिंक क्लिक गर्नुहोस् :-

For More videos Log on to Mazzako TV