मज्जाको अनलाईन समाचार, काठमाण्डौं, पौष ०३–

युवा अभिनेता प्रदिप खड्काको आफ्नै लगानीमा बनेको फिल्म ‘इस्केप’ आगामी माघ २३ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने भएको छ । विहिवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर देखाउँदै रिलिजको फाईनल मिति सार्वजनिक गरिएको हो ।

Escape Nepali Movie 5

कार्यक्रममा फिल्मको निर्माण युनिट तथा कलाकारहरुको उपस्थिती थियो । सामाजिक जनचेतनाको आवाज बोकेको यस फिल्ममा निर्माता प्रदिपकै मुख्य अभिनय रहेको छ । । ‘ईस्केप’ लामो समयदेखी सिनेमा सम्पादनमा सक्रिय अनन्त घिमिरेको एक्शन कटमा तयार भएको हो । सम्पादनको लामो जीवन यात्राबाट सँगालेको अनुभवलाई भरपुर रुपमा यो फिल्ममा उपयोग गरेको भन्दै फिल्म जतिसक्दो राम्रो बनाउने प्रयास गरेको बताए ।

Escape Nepali Movie 3
कार्यक्रममा सुभकामना दिन पुगेका निर्देशक दिनेश डिसीले आफ्नो काममा जहिले पनि लगाव र मेहनतका साथ लाग्ने प्रदिप तथा सम्पादनको लामो अनुभवपछी निर्देशनमा आएका अनन्तको यो सिनेमाको सफलताको कामना गरे । त्यस्तै अभिनेत्री रिमा विश्वकर्माले पनि ‘ईस्केप’ एक सन्देशमुलक फिल्म बनेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेको एक युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिका आफुले खेलेको भन्दै युवा पुस्ताले हेर्नैपर्ने दाबी गरिन् ।

Escape Nepali Movie 4
Escape Nepali Movie
Escape Nepali Movie 1

For More videos Log on to Mazzako TV