मज्जाको अनलाईन् समाचार, काठमाण्डौं, मंसिर २५–

आफ्नो अभिनय क्षमताका कारण पछिल्लो समय व्यस्त बनेका अभिनेता सुवास थापाले नायक आर्यन सिग्देलको अभिनयलाई क्यारिकेचरको संज्ञा दिएका छन् ।

प्रसंग हो बुधबार फिल्म ‘तथास्तु’ को शुटिङ भइरहेको समयको । शुटिङस्थलमा भेटिएका उनीसंग हामीले तपाईलाई मनपर्ने नायक को हो ? भनेर सोधेका थियौ । उनको जवाफ थियो– सरोज खनाल ।

subas for mazako

अनि अहिलेका चल्तीका नायक आर्यन सिग्देल नि ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ फर्काए– ‘आर्यन सिग्देलले कहाँ एक्टिङ गर्छन र ?उनले त क्यारिकेचर गर्छन नि’ सुवासले भने ,’हातमा सलमानको जस्तो ब्रासलेट लाउँछन्, त्यस्तै एक्सन गर्छन्, शाहरुखको जस्तो अभिनय गर्छन् अनी यसलाई क्यारिकेचर नभनेर के भन्ने ?’

तपाई यस्तो भन्नुहुन्छ तर अवार्डमा त आर्यन नै उत्कृष्ट छन् नि ? भन्ने प्रश्नमा उनले भने– ‘अवार्ड त जीवन लुईटेलले पनि पाएका छन्, यो त जसले नि पाउन सक्छ, अवार्डमा होइन् दर्शकमाझ हिट हुनुपर्छ । ’ ‘मैले अहिलेसम्म एउटै अवार्ड पाएको छैन्, यसको मतलब म अभिनय गर्न जान्दिन भन्ने हो र ?’, उनको प्रश्न थियो ।

आखिर किन सुवासले आर्यनप्रति यस्तो प्रतिक्रिया दिए । सलमान र शाहरुखको अभिनयलाई आर्यनले कपि गर्न खोज्छन् भन्ने कुरा केहीहद सम्म साँचो भएपनि सुवासले यस्तो प्रतिक्रिया दिनुलाई तपाई के भन्नुहुन्छ । सुवासको घमण्ड या आर्यनको कमजोरी ? 

For More videos Log on to Mazzako TV