अहिले सम्पादनको क्रममा रहेको फिल्म ‘मेरो मान्छे’ का निर्माता नारायण खतिवडा आज दिउँसो मृत अवस्थामा फेला परेका छन् । राजधानीको बागबजारस्थित होटल हार्दिकको कोठा नं। १०३ मा उनी निवस्त्र अवस्थामा मृत भेटिएका हुन् ।

Narayan Khatiwada

बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । खतिवडाको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । प्रहरीका अनुसार भोली बिहान खतिवडाको पोस्टमार्टम हुनेछ । अत्याधिक मदिरा सेवनका कारण खतिवडाको निधन भएको बुझ्नमा आएपनि प्रहरीले निधन हुनुको कारण पोष्टमार्टमपछि थाहा हुने बताएको छ ।

चितवनका स्थाई वासिन्दा खतिवडाले ‘भेटी’ र ‘लफडा’ नामका फिल्म निर्माण गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV