मज्जाको अनलाईन समाचार, काठमाण्डौं ।

नव गायक विजय बिमुनको ‘नशा चढ्यो मायाको’ गीतिसंग्रह हालै एक कार्यक्रमका विच बिमोचन गरिएको छ । बरिष्ठ गीतकार डा. भोला रिजाल , डा.कृष्ण हरि बराल , गायन क्षेत्रका युगल जोडी शिला बहादुर मोक्तान र कुन्ती मोक्तानसंगै गायक बिमुनले एल्बमको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

bijay bimun new singer

यसैगरी कार्यक्रममा एल्बम बिमोचनसंगै गायक विजयले दिलशोभा श्रेष्ठले संचालन गरिरहेको आमाघर लाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपया हस्तान्तरण गरे । गायक विजयले दिएको नगद सहयोग लिदै दिलशोभाले आफ्नो लागि यो सहयोग निकै ठुलो रहेको बताए । ‘यो सोच्दै नसोचेको सहयोग हामीले पायौ , यो हाम्रो लागि निकै ठुलो सहयोग हो’, दिलशोभाले हर्षित हुदै भनिन् । बृद्ध वृद्धालाई आश्रय दिईरहेकी दिलशोभाले बुवा आमाको मरेपछि श्राद्ध गर्नुको सट्टा बाचुन्जेल श्रद्धा गर्न आग्रह गरिन् ।

dr bhola rijal (1)

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. रिजालले गायनसंगै समाजसेवामा समेत क्रियाशिल देखिएका गायक विजय बिमुनको सांगीतिक जीवनको उज्वल भबिष्यको कामना गरे । यता कार्यक्रमका अर्का अतिथि डा.बरालले पनि गीतको म्युजिक भिडियो हेरे पश्चात विजयको सांगीतिक यात्रा सफल हुने संकेत देखेको बताए । ‘यिनी आफै शब्द लेख्छन , संगीतकार पनि हुन् र गायक पनि त्यसकारण पनि उनले आफ्नो गीतलाई न्याय गर्न सक्छन र उनको भविष्य यस क्षेत्रमा राम्रो देखेको छु’, उनले भने । कार्यक्रममा शिला र कुन्तीले पनि विजयलाई सांगीतिक जीवनको सफलताको शुभकामना दिएका थिए ।

विजयको एल्बमभित्र ‘नशा चढ्यो मायाको’ , ‘आमा’ , ‘धुलिखेल दाप्चा’ , ‘भन्छ मनले’ , ‘मेरो मायालाई’ , ‘तिमि बाट’ बोलको ६ वटा गीतहरु समावेश छन् । कार्यक्रममा एल्बम भित्र समावेश टाइटल गीत ‘नशा चढ्यो मायाको’ को म्युजिक भिडियो समेत देखाइएको थियो जसमा स्वंयम गायक विजय र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ ।

vijay bimun new inger album lunch news 2photo

For More videos Log on to Mazzako TV