मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १३–

bikash acharyaप्रतिक्षित फिल्म ‘नाई नभन्नू ल ३’ रिलिज नहुँदै यसका निर्माता विकास आचार्य भने ‘नाईं नभन्नू ल ४’ को निर्माणमा जुटेका छन् । ‘नाई नभन्नु ल ३’ को भने छायांकन सकिएर पोष्ट प्रोडक्सन कार्य भइरहेको छ ।

आउँदो बैशाखमा छायाँकन सुरु गर्ने गरी विकासले ‘नाईं नभन्नू ल ४’ को कथा लेख्न सुरु गरिसकेका छन् । ‘कथा म आफैंले लेख्दैछु । गीतको शब्द पनि खोज्दैछु’ एक भेटमा विकासले भने, ‘नाईं नभन्नू ल ४’ विशुद्ध प्रेम कथामा आधारित हुनेछ ।’ यो फिल्ममा विकास स्वम्को लेखन, निर्माण एवं निर्देशन हुनेछ । विकासका मुख्य सहायक निर्देशक मुस्कान ढकालले फिल्म ‘नाईं नभन्नू ल ३’ निर्देशन गरेका छन् जुन फिल्म आउँदो चैत २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

‘नाईं नभन्नू ल ४’ मा अभिनेता आर्यन सिग्देल र संगीतकार बसन्त सापकोटा रहने पक्का भैसकेको समेत विकासले खुलाए । उनले भने, ‘आर्यन र बसन्त पक्का हो अन्य प्राविधिक र कलाकार भने फाइनल हुने क्रममा छन् ।’ विकास निर्देशित ‘नाईं नभन्नू ल’ र ‘नाईं नभन्नू ल २’ व्यावसायिक सफल फिल्महरु हुन् । उनी सफल फिल्मको नाम क्यास गर्न चाहान्छन् ।

For More videos Log on to Mazzako TV