मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १३–

लामो समयदेखि चलचित्र सम्पादनको काम गर्दै आएका सुरेन्द्र पोडेलद्वारा निर्देशित चलचित्र ‘आभाष’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पुष २५ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने ‘आभाष’ को उक्त टिजर ३६ सेकेण्डको रहेको छ ।

samyam and NIsha

प्रेम कथामा आधारित यस चलचित्रमा अभिनेता संयम पुरी, सलोन बस्नेत, अभिनेत्री निशा अधिकारी र आस्मा डिसी तथा प्रकृति श्रेष्ठलाई देख्न सकिन्छ। सँगसँगै निर्माता सुनिल रावल पनि यो सिनेमामा अभिनयमा छन् ।

ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको संयुक्त लगानी रहेको सिनेमामा द्वन्द्व चन्द्र पन्तको छ । पुरुषोत्तम प्रधानले खिचेको यो सिनेमा ‘आभाष’मा छेतेन गुरुङ, प्रकाश नेपाली र सुजेन्द्र डी। कार्कीको गीत संगीत समावेश छ ।

Watch Here Teaser :-

For More videos Log on to Mazzako TV