मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १०–

फरक पुस्ताको फरक सोचाईलाई मुख्य विषय बनाइएको फिल्म ‘इच्छा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म आगामी माघ २ गतेबाट देशव्यापी प्रदशर्नमा आउँदैछ ।

ichha-1

निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेले निर्देशन गरेको यस फिल्ममा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगायतका स्थानमा छायांकन गरिएको यो फिल्म ‘कमेडी लभ स्टोरी’ हो । ‘यस फिल्ममा मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ। गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

Watch Promo Here :-

For More videos Log on to Mazzako TV