मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ११–

ट्वाईलेटमा बच्चा साँच्चिकै मरेको रे । अनि कसरी फेरि बाच्यो त ? मरेको बच्चालाई आफ्नै आँखा अगाडि देखेपछि फिल्म हेर्न आएका विधार्थीबीच अल्मलको स्थिति सृजना भयो । यो काठमाण्डौंको एक विधालयमा भएको घटनामा निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘कखरा’ को दृष्य हेरेर हलबाट निस्कदै गरेका विधार्थीबीचको संवाद हो । फिल्ममा ८ वर्षिया कलाकार सौगात विष्टले बच्चाको अभिनय गरेका थिए । जसलाई आफ्नै आँखा अगाडी देखेर स–साना विद्यार्थीहरु अल्मलमा परेका थिए ।

kakhara show

काठमाण्डौंको वालाजुमा अवस्थित अस्टनारायण हलमा आज (विहीबार) गरिएको च्यारिटी प्रदर्शनमा कखराले धेरै दर्शकलाई रुवायो । ठूलो भीडमा उपस्थित भएका दर्शकले पर्दामा हेरेका कलाकारसँग साक्षात्कार गर्न पाउँदा धेरै खुशी समेत भए । धेरै दर्शकहरुले यस्तो लार्पावाहीको घटना अव विधालयमा दोहोरिन नहुने कुरामा जोड समेत दिए ।

दण्डहीन शिक्षामा जोड दिएर निर्माण गरिएको डकुमन्ट्री कखरा छायाङ्कन गरिएको विधालय रीड मोडलका विधार्थी, शिक्षक, अभिभावक, रंगकर्मी र संचारकर्मीमाझ प्रदर्शन गरिएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीय, कलाकार भुपेन चन्द, ८ बर्षीय निर्देशक सौगात विष्ट, फिल्मका निर्देशक डिकेश लामा, गजित विष्ट, कोरोना नेपालकी अध्यक्ष सुमित्रा नेपाल, निर्माता विनोद लामाले दर्शकमाझ औपचारिक कार्यक्रम गरी शिक्षामा हुने दण्डलाई अन्त्य गर्न अभिभावक, शिक्षक र राज्यबाट पहल गर्नु पर्नेमा जोड दिन दर्शकलाई आग्रह गरेका छन् ।

kakhara

गर्बु फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको डकुमन्ट्री संचारकर्मी डिकेश लामाको लेखन तथा निर्देशन रहेको छ । डकुमेन्ट्रीमा राजेश हमाल, सौगात विष्ट, भूपेन चन्द, सौजन्य सुब्बा, श्रीकृष्ण न्यौपाने, गजित विष्टको मुख्य भूमिका रहेको छ । यो डकुमेन्ट्रीले विधालयमा भएको दण्ड, त्रास सम्बन्धीका घटनालाई न्यूनिकरण गर्न मद्धत पुग्ने निर्देशक लामाले बताए । डकुमेन्ट्री देश भरका विधालयमा प्रदर्शन गर्ने योजना भएको निर्माण टीमले जानकारी दिएको छ । कार्यक्रममा फिल्म युनिटका गायक मिन गुरुङ्ग, नविन वोगटी, सुरेन्द्र भण्डारी लगायतका कलाकार र रंगकर्मीहरुको उपस्थिति थियो ।

For More videos Log on to Mazzako TV