मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १०–

गत शुक्रवारदेखि देशभर प्रदशर्न भइरहेको चलचित्र ‘श्री ५ अम्बरे’ ले नयाँ टिभिसि विज्ञापन सार्वजनिक गरेको छ ।

चलचित्र प्रचारप्रसारमा शुरुवात देखिनै नौलो तरिका अपनाउदै आएको यस फिल्मले हालै चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ का लोकप्रिय कलाकारहरुलाई लिएर टिभिसि विज्ञापन निर्माण गरेको हो । यसअघि ‘भद्रगोल’ का कलाकारलाई लिएर फिल्मले विज्ञापन बनाएको थियो जसले राम्रो प्रभाव समेत पारेको थियो ।

प्रदर्शन मिती देखीनै नेपालभर राम्रो प्रतिक्रिया बटुलिरहेको यस फिल्म आफैंमा राम्रो चलचित्र हुनुका साथै यसको नौलो प्रचार प्रसार शैलीले पनि दर्शकलाई हलसम्म तान्न र दर्शकको मन जीत्न सफल भैरहेको छ । चलचित्रको प्रथम प्रदर्शनमा पुर्वप्रधान मन्त्री वावुराम भट्राईले फिल्म हेरेर आफ्नो सामाजिक संजाल मार्फत फिल्मको प्रशंसा गरेर स्टाटस लेखेका थिए ।

मंगलबार सिभिलमल स्थित सिनेमा घरमा पुर्व अर्थमन्त्री तथा एकिकृत नेकपा माओवादीका सचिव वर्षमान पुन, वर्तमान संविधानसभा उपसभामुख ओनसरी घर्तीमगर, वरिष्ट संञ्चारकर्मी दीलभुषण पाठक, नायक वावु वोगटी लगायतले चलचित्र हेरेर अत्यन्तै गहन विषयबस्तुमा राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि.एन. आचार्य र दिपक आचार्य निर्माता रहेका छन । अभिमन्यू निरवी को लेखन रहेको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन ।

For More videos Log on to Mazzako TV