मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर १०–

युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ । मंगलवार सार्वजनिक सिनेमाको ‘केहि पल’ बोलको गीतमा अभिनेता जीवन लुईंटेल र अभीनेत्री नीता ढुङ्गाना फिचरिङमा छन् ।

jiwan nita

लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई बोल्छ । गीतमा स्वर गायिका मिलन अमात्यले दिएकी छिन्, भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ । यो गीतमा सुन्दर नगरी पोखरा आसपासका दृश्यहरु समावेश छन् ।

देशमा सार्क सम्मेलनले राजनितिक माहोल तताईरहेको समयमा सांगितिक माहोल तताउनको लागी यो गीतले भुमिका खेल्नेमा निर्माण युनिट आशावादी छ । सिनेमा सांगितिक प्रेम कथामा आधारित छ । यो सिनेमाकी प्रस्तुतकर्ता मालती शाह हुन भने लगानी सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको रहेको छ ।

तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार सिनेमा ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय छ । । केही दिनअघि फस्टलुक सार्वजनिक गर्दै यो फिल्म रिलिज मिती चैत्र ०६ लाई तोकिएको छ ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV