मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर ०९, मंगलबार

दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले मिलेर लगानी गरेको चलचित्र ‘वडा नम्वर ६’ को छायाँकन प्रारम्भ गरिएको छ । छायांकनको पहिलो दिन मंगलबार जोरपाटी स्थित चापागाईं स्टुडियोमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे ‘माग्ने बुढा’, अरुणा कार्की र बुद्वि तामाङ्गले ‘वडा नम्वर ६’ का लागि टेक दिए ।

Woda number 6 photo 1
रमाईलो कुरा के छ भन्दा चलचित्रको छायांकन जोरपाटी वडा नम्बर ६ बाटै भएको छ । पहिलो दिनको टेकमा पनि ६ जना कलाकारहरुले नै आफ्नो प्रस्तुती दिए । चालिस दिनको सेड्युल सहित चलचित्रको टोली सुटिङ्गमा निक्लिएको हो । यसअघि चलचित्रको सुटिङ्ग पाँचखालबाट गर्ने भनिएपनि सार्क सम्मेलनले गर्दा चलचित्रको सुटिङ्ग इन्डोरबाट गर्नुपरेको निर्माण युनिटले जानकारी गराएको छ । ‘सवारी आवतजावतमा सहजता भएपछि भ्याली बाहिरको छायांकन हुनेछ’, चलचित्रका निर्माता मध्येका एक निर्मल शर्माले जानकारी गराए ।

woda number 6 photo 4
अभिमन्यू निरवीले लेखेको यस चलचित्रमा गाँउले परिवेशमा रहेर कलाकारहरुले दर्शकलाई हसाउने निर्मात्री दिपाश्रीले बताईन । ‘हाम्रो अघिल्लो चलचित्र ६ एकान ६ भन्दा निकै फरक परिवेशको कथा भन्न खोजिएको छ वडा नम्बर ६ मा’, दिपाको भनाई यस्तो छ । दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राईलाई हिरोको रुपमा देख्न पाईने यस चलचित्रमा यि हिरोहरुलाई नायिका प्रियंका कार्कीले साथ दिनेछिन् ।

woda number 6 photo 3
उज्जवल घिमिरेले निर्देशन गरिरेको यस चलचित्रमा सुगम पाख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ । चलचित्रमा चारवटा गीत रहनेछन जसमा अन्जु पन्त, सुगम पोख्रेल, प्रल्हाद तिमल्सिना, प्रिती कौर लगायत गायक गायिकाको आवाज सुन्न पाईनेछ ।

Woda number 6 photo 6
७० लाखको बजेटमा बन्न लागेको चलचित्र ‘वडा नम्बर ६’ को अधिकांश सुटिङ्ग नुवाकोट र पाँचखालको गाँउहरुमा गरिनेछ । चलचित्रमा नायक किशोर खतिवडा, हाँस्यकलाकार शिवहरी पौडेल र विल्सनविक्रम राईलाई पनि अतिथि भुमिकामा देख्न पाईनेछ ।

Woda number 6 photo 5

For More videos Log on to Mazzako TV