मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर ०८–

fdgdअरुण फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘चलेछ बतास सुस्तरी’ को प्रि–प्रोडक्सन कार्य सुरु भएको छ । चलचित्र लेखक प्रदिप भारद्धाज र निर्माता अरुण खड्काले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् ।

गत बिहिबार टाइटल दर्तासंगै यो चलचित्रको प्रि–पोडक्सन कार्यसुरु गरिएको हो । अरुण फिल्मस्को तेस्रो प्रस्तुतिका रुपमा रहने यो चलचित्रबाट लेखक प्रदिपले चलचित्र निर्माणमा हात हालेका हुन् । अरुणले भने यस अगाडी ‘तिम्रो लागी ’र ‘पाठशाला’ नामक चलचित्र निर्माण गरिसकेका छन् ।

सब्बु भारद्धाज र अनिला खड्का डेब्यु निर्देशनमा बन्न लागेको यस चलचित्रको शुक्रबारबाट गीत रेकडिङ कार्य पनि सुरु भएको छ । बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहने यो चलचित्रको गीतका शब्द प्रदिपकै छ ।

म्युजिकल लवस्टोरी बिषय कथामा उठाएको चलचित्रको लेखन भारद्धाज आफैले गरेका हुन् । चलचित्रले प्रेम तथा सामाजिक कथा बोल्ने भारद्धाजले बताए । ‘केही अगाडीदेखि निरन्तार रहेको आफ्नो चलचित्र कर्मलाईनै अझ अगाडी लैजान आफुले चलचित्र निर्माण गर्न लागेको हु’, भारद्धाजले भने – ‘लेखन संगसंगै अब निर्माणलाई पनि लैजाने छु ।’

चलचित्र लेखनको अनुभव निर्माणमा उतार्न लागेका भारद्धाजले सुनाए । चलचित्रको कलाकार तथा प्रबिधिक अहिले छनौटको क्रममा छन् ।

For More videos Log on to Mazzako TV