मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर ०८–

आठ वर्षिया बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को मेकिङसहितको प्रोमो सार्वजनिक भएको छ ।

Love You Baba

सार्वजनिक प्रोमोमा सौगातले फिल्म निर्देशन गर्दै गरेको केही दृश्यहरु समावेश छ । फिल्म निर्देशन गर्ने क्रममा सौगात निकै चनाखो भएको कुरा प्रोमोले देखाएको छ । यो फिल्ममा बाबु र छोरीको प्रेम कथा पाइन्छ । निर्देशक सौगातका बाबु गजित विष्ट र दिदी संगम विष्टले बाबु–छोरीको भुमिका निर्वाह गरेका छन् ।

चञ्चल बनेकी संगमलाई सौगातले ‘ओभरएक्टिङ’ भयो भनेर निर्देशनका क्रममा बोलेको कुरा यस प्रोमोमा देखाइएको छ । प्रोमोमा समावेश यि र यस्ता संवाद सहितका दृश्यले सौगातको निर्देशकिय क्षमतामा शंका गर्नुपर्ने ठाँउ राख्दैन् ।

गजित र संगमका अलावा यस फिल्ममा निश्मा घिमिरे, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल र अर्जुन गुरुङको पनि अभिनय रहेको छ । नायिका आशिष्मा नकर्मीे फिल्ममा विशेष भुमिकामा देखिनेछिन् ।

दिव्यराज सुवेदीले खिचेको यस फिल्ममा सत्य–स्वरुपराज आचार्य, डेनी निरौला, दिपक शर्मा र प्रदिप वास्तोलाले संगित भरेका छन् । अभिनेता गजितकै कथा, चन्द्र पन्तको द्वन्द निर्देशन र गम्भिर विष्टको कोरियोग्राफी रहेको यस फिल्ममा सम्झना पोखरेल र रोशनी बज्रचार्यको लगानी रहेको छ ।

मेकिङसहितको प्रोमो यस्तो रहेको छ, हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस् :–

For More videos Log on to Mazzako TV