मज्जाको अनलाईन समाचार, काठमाण्डौं, मंसिर ०७–

नेपाली फिल्म क्षेत्रका चर्चित निर्माता छविराज ओझाको आज ५० औँ जन्मदिन परेको थियो । त्यस्तै फिल्म निर्माणमा हात हालेको पनि ठ्याक्कै २५ वर्ष पुगेको दिन । यहि अवसरमा उनले राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरी आज दुईवटा केक काटे ।

Chhabi Ojha 3

फिल्म क्षेत्रमा लागेको २५ वर्ष पुरा भएको अवसरमा एउटा केक काटिएको थियो जसलाई चार अभिनेत्रीहरुले सघाएका थिए । दिपाश्री निरौला, पुजना स्त्री, रजनी केसी र शिल्पा पोखरेलले उक्त केक काटेका थिए । तर निम्ता पुगेपनि जन्मदिनको बिषेश कार्यक्रममा नायिका तथा छविकी पुर्वपत्नी रेखा थापाको उपस्थिती थिएन । उनले छविलाई मोबाईलमा म्यासेज पठाएर भने जन्मदिनको शुभकामना दिईन् । आखिर रेखा किन छविको कार्यक्रममा सहभागी भइनन् त ? कार्यक्रममा सहभागीहरु विच कानेखुशी समेत चलेको थियो ।

Chhabi Ojha 2

त्यस्तै ५० औ जन्मदिनको अवसरमा राखिएको केकलाई वरिष्ठ चलचित्रकर्मी निर शाह, उद्धव पौडेल, राजकुमार राई लगायतले सामुहिक रुपमा काटेका थिए । सोहि अवसरमा निर्माता ओझाले सुपरहिट फिल्म ‘किस्मत’ को सिक्वेल ‘किस्मत २’ निर्माणको औपचारिक घोषणा समेत गरे । उनले छविराज प्रोडक्सनको फिल्म ‘हवल्दार सुन्तली’ चैत २७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने औपचारिक जानकारी पनि गराए ।
उज्जवल घिमिरे निर्देशित ‘किस्मत’ को सिक्वेललाई श्याम भट्टराईले निर्देशन गर्नेछन् । ‘किस्मत २’ मा निर्देशक भट्टराई, लेखक सामप्यिराज तिमल्सिना र संगीतकार अर्जुन पोखरेल बाहेक अन्य कलाकार तथा प्राविधिक पक्का भैसकेका छैनन् । निर्देशक भट्टराईले ‘किस्मत’ को सिक्वेललाई निर्देशक घिमिरको स्यावासी पाउने गरी निर्देशन गर्ने बताए ।

Chhabi Ojha

नेपाली फिल्म क्षेत्रमा दर्जन बढी कलाकार र प्राविधिकलाई अवसर दिएका निर्माता ओझाले हालको स्थानसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । लिखित पत्र बढ्दै छविले भने, ‘मलाई सबैले मायाले छवि बा भन्छन् । अब म हजुर बा पनि बन्न चाहान्छु । २५ वर्षदेखि फिल्म क्षेत्रमै रहें अबका बाँकी वर्षमा पनि यही क्षेत्रमा लाग्छु ।’ राजेश हमाल, विपना थापा, रेखा थापा, आर्यन सिग्देल जस्ता चर्चित कलाकारले निर्माता ओझाकै फिल्मबाट ‘डेव्यू’ गरेका हुन् ।

Chhabi Ojha 5

१० वर्ष सँगै रहेकी अभिनेत्री एवं निर्माता रेखा थापालाई फिल्म सफल पार्न पुर्याएको योगदानलाई छविले विशेष धन्यवाद दिएका थिए । रेखालाई शिर्ष भूमिकामा प्रस्तुत गरेर छविले आधा दर्जन फिल्म निर्माण गरे । रेखाको शिर्ष भूमिको रहेको हिम्मत, किस्मत, हिफाजत, कसले चोर्यो मन र रावणले व्यावसायिक सफलता समेत पाए । केही वर्ष पहिले वैवाहिक सम्बन्धलाई अन्त्य गरेका रेखा र छविको व्यावसायिक यात्रा समेत सँगसँगै छैन ।

Chhabi Ojha 4

Neer Shah
Chhabi Ojha 6
Chhabi Ojha 1
Chhabi and Neer
Chhabbi Ojha 7

For More videos Log on to Mazzako TV