मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०५–

बसन्त निरौलाद्वारा निर्देशित प्रतिक्षित फिल्म ‘आवेग’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्देशक निरौलाले आफ्नो फेसबुकबाट ‘आवेग’ को फष्टलुक सार्वजनिक गरेका हुन् ।

Aabeg

सार्वजनिक ‘आवेग’ को पोस्टरमा कुनै पनि कलाकारको प्रष्ट मुहार देखाइएको छैन । ‘आवेग’ को पोस्टरमा मुठ्ठीबाट रगत बगिरहेको देख्न सकिन्छ । सूर्य कार्की निर्मित या फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलालाको मुख्य भूमिका छ । ‘आवेग’ एक्सन शैलीको फिल्म हो ।

फिल्म ‘आवेग’ फागुन ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । टंक बुढाथोकीको संगीत रहेको ‘आवेग’ मा समावेश ‘सोल्टिनी नाचेको लास्ट राम्रो’ बोलको गीत अहिले चर्चामा छ । फिल्ममा राजेन्द्र घिमिरे र धनसिंह केसीको पनि लगानी छ ।

For More videos Log on to Mazzako TV