मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०४–

मंसिर ०५ गते अर्थात भोलीबाट देशभर सार्वजनिक प्रदशर्नमा आउने चलचित्र ‘श्री ५ अम्बरे’ को  र्याप गीत सार्वजनिक भएको छ । युवा पुस्ता माझ लोकप्रिय गायक यम बुद्धको स्वर र संगीत रहेको ‘अतितका दिन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पनि उनी नै फिचरिङ गरिएका छन् ।

yama budha final

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । फिल्मलाई दिपा बस्नेतले निर्देशन गरेकी हुन् ।

यस फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् ।

अभिमन्यू निरवीको लेखन रहेको फिल्मले समाजमा आफुलाई राजाको रुपमा उभ्यान चाहनेको कथा बोल्छ । राजाको रुपमा सौगात मल्ल् प्रस्तुत भएका छन् ।

Watch Song Here :-

For More videos Log on to Mazzako TV