मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०३, बुधबार

Tathastu 3

चलचित्र ‘तथास्तु’ को यतिबेला चक्रपथस्थित किन्डल रेड स्टुडियोमा पोष्ट प्रोडक्सनको काम भईरहेको छ । पुष २५ गतेबाट प्रर्दशनमा आउने यस चलचित्रले पोष्ट प्रोडक्सनको काम सँगै चलचित्रको पब्लिसिटीमा पनि निकै ध्यान दिईएको छ । चलचित्र प्रर्दशनमा आउनु दुई महिना अघिदेखि नै चलचित्रको प्रचार प्रसार थालिएको छ । प्रचार प्रसारको सुरु रेडियो र टेलिभिजनहरुबाट गरिएको छ ।

Tathastu 2
रेडियो र टिभीमा चलचित्रको गीत ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ हिट भईरहेकाले पनि निर्माण युनिट निकै हौसिएको छ । सविर केही दिन पहिले ‘तथास्तु’ प्रचारको लागि आफ्नो टोली नै लिएर टेलिभिजन कार्यक्रम ‘फिल्मी चेकपोष्ट’मा पुगे । चेकपोष्टमा चलचित्रको टोलीले निकै रमाईलो समेत गर्यो । निर्माता रामहरी धिताल, अभिनेता किशोर खतिवडा र कलाकार किरण थापाका साथमा स्वयं चलचित्रका निर्देशक एवं निर्माता सविर श्रेष्ठ चेकपोष्ट पुगेका थिए ।

Tathastu 4
हिमालय टेलिभिजनबाट प्रत्येक मंगलबार ८ देखि ९ बजेसम्म प्रशारण हुने कार्यक्रम ‘फिल्मी चेक पोष्ट’मा सविरको टोलीले ‘तथास्तु’ को कथावस्तु, गीत संगीत लगायत विषयमा बहस गरेको थियो । राजाराम पौडेल उर्फ ‘ओष्कारनाथ पावरवाला’ र अरुणा कार्कीको प्रश्नहरुमा सविर टोलीको रमाईलो जवाफ दुई सातापछि प्रशारण हुनेछ ।

Thasthau 1
‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्ता व्यावसायिक सफल फिल्महरु निर्देशन गरिसकेका सविरको चलचित्र ‘तथास्तु’मा रेखा थापाको किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी मुख्य भुमिकामा छन् । नारी प्रधान एक्सन शैलीको यस सिनेमामा बाबु श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा संगीत बसन्त सापकोटाको छ । सिनेमामा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ भने द्धन्द्ध निर्देशक रोशन श्रेष्ठको छ ।
चलचित्र ‘तथास्तु’को गीत हेर्न यहाँ क्लिक गर्नुहोला ।

For More videos Log on to Mazzako TV