मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०३, बुधबार

दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाउन लागेको चलचित्र ‘वडा नम्बर ६’ मा धमाधम कलाकारहरुको इन्ट्री भईरहेको छ । केही दिन अघि मात्रै दयाहाङ्ग राईलाई अनुबन्धित गरिएको यस सिनेमामा बरिष्ठ सिनेकर्मी नीर शाह र हाँस्यकलाकार राजाराम पौडेलको पनि इन्ट्री भएको छ । चलचित्रमा नीर शाहलाई गाँउले मुखियाको भुमिका दिईएको छ भने राजाराम दिपकराजको बुवाको रोल प्ले गर्नेछन् ।

Rajaram and neer
हाँस्यकलाकार विल्सन विक्रम राईले समय दिन नभ्याउने भएपछि चलचित्रमा उनको ठाँउमा दयालाई लिईएको हो । तर सिनेमामा विल्सनले पनि अतिथि भुमिका भने निर्वाह गर्नेछन् । दिपाश्री निरौलाको पनि स्पेशल इन्ट्री रहने बताईएको यस सिनेमामा नायक किशोर खतिवडा र यतिबेला विदेश भ्रमणमा रहेका शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’ पनि विशेष भुमिकामा देखापर्नेैछन् । निकै तामझामको साथ मंसीर ८ गतेबाट सुटिङ्ग आरम्भ गर्न लागिएको यस चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राईलाई हिरोको रुपमा देख्न पाईनेछ । यि पाँच हिरोहरुलाई नायिका प्रियंका कार्कीले साथ दिनेछिन् ।

daya and wilson
चलचित्रमा चार वटा गीत रहनेछन् । सुगम पाख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माले चलचित्रमा संगीत दिएका छन् । सिनेमाका गीतहरुमा अन्जु पन्त, सुगम पोख्रेल, प्रल्हाद तिमल्सिना, प्रिती कौर लगायत गायक गायिकाको आवाज सुन्न पाईनेछ ।

चलचित्रको निर्देशन उज्जवल घिमिरेले गर्दैछन् । चलचित्रको अधिकांश सुटिङ्ग नुवाकोट र पाँचखालको गाँउहरुमा गरिनेछ । ३५ दिनको सुटिङ्ग सेड्युल बनाईएको यस चलचित्रको बजेट ७० लाखको रहेको छ ।

For More videos Log on to Mazzako TV