मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०२–

लण्डनमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल सुविन लिम्बुले नेपाली पहिरन पहिरिने भएकी छिन् । राजधानीमा एक कार्यक्रमका विच सुविनलाई नेपाली राष्ट्रिय पोशाक हस्तातन्तरण गरियो जँहा उनले यस्तो प्रतिवद्धता दिएकी हुन् ।

subin limbu 4

द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको ८४ मिटर लामो मेथिली नामक राष्ट्रिय पोशाक हस्तान्तरण उनलाई हस्तान्तरण गरिएको हो । कल्पना योङ हाङले डिजाईन गरेको उक्त पोशाक नोभेम्बर २० तारिकका दिन लण्डन प्रस्तान गर्न लागेकी मिस नेपाल सुविनले नेशनल कल्चरल राउण्डमा लगाउने कार्यक्रममा बताइन् । डान्स राउण्ड देखी विभिन्न राउण्डहरुमा आफुले नेपाली पोशाक झल्कने राष्ट्रिय पोशाक लगाउने पनि बताइन ।

कार्यक्रममा बोल्दै मिस नेपाल सुविन लिम्बुले आफु मिस बल्र्डको ताज जितेरै ल्याउने दाबी समेत गरिन । आफु पहिलो पटक मिस वल्र्डमा सहभागी हुन लागेको बताउदैं सुविनले मिस वल्र्डमा सहभागी हुन पाउँदा आफु निकै खुसी भएको पनि उनले बताएकी छिन् । उनलाई उक्त कार्यक्रममा ढाकाको सारी,द हाईल्याण्ड आर्टले डिजाईन गरेको सारी लगायतका नेपाली पोशाक लगायतका पोशाक हस्तान्तरण गरिएको थियो ।

subin limbu 3

कार्यक्रममा द हाई ल्याण्ड आर्टकी अध्यक्ष कल्पना योङ हाङले आफुले डिजाईन गरेको राष्ट्रिय पोशाक मिस बल्र्डमा मिस नेपाल सुविन लिम्बुले प्रदर्शन गर्ने भएकोमा आफु निकै खुसी रहेको बताइन । यो पटकको मिस बल्र्डको ताज सुविन लिम्बुले नै जित्ने विस्वास व्यक्त गर्दै अध्यक्ष कल्पना योङ हाङले आफुले उक्त पोशाकलाई निकै मेहेनत गरेर निर्माण गरेको पनि बताइन ।

For More videos Log on to Mazzako TV