मज्जाको अनलाईन समाचार, काठमाण्डौ, मंसिर ०१–

टेलिभिजनको पर्दामा चर्चित जोडी मानिएका दिपकराज गिरी र दिपाश्री निरौला रियल लाईफको जोडी कहिले बन्लान् ? यिनीहरुलाई दुलहा र दुलहीको रुपमा कहिले देख्न पाइने हो ? आम नेपाली दर्शकको यो कौतहुलतालाई दिपक र दिपाश्रीले मेटिदिएका छन् ।

Deepa di 2
हरेक साता तितो सत्यमा देखिने यो जोडीले सोमबार बिहे गरेको हो । तर त्यो बिहे रियल लाईफमा भने होइन् । पहिलोपटक नेपालमा भित्रिएको १४ सिटको फोर्ड गाडीको विज्ञापनका लागी उनीहरु  दुलहा र दुलही बनेका हुन् । निर्मल शर्मा ‘गैँडा’ ले निर्देशन गरेको यो विज्ञापनमा पत्रकार शान्ति प्रिय पनि दुलहीको पिता बनेका छन् ।

सोमबार छायांकन गरिएको यो विज्ञापन करिब ४५ सेकेण्डको रहने निर्देशक शर्माले बताए । ‘विज्ञापन केही दिनमा नै टेलिभिजनमा देख्न पाइने छ’, उनले थपे ।

Deepa di 1

For More videos Log on to Mazzako TV