बलिउडका सबै रेकर्ड तोड्ने ‘ह्याप्पी न्यू इयर’ को स्क्रिप्ट अब ओस्कारको लाइब्रेरीमा
मज्जाको अनलाईन समाचार, भारत, मंसिर ०१–
बलिउडमा अहिलेसम्मकै अत्याधिक व्यापार गर्न सफल फिल्म ‘ह्याप्पी न्यू इयर’ को स्क्रिप्ट अब ओस्कारको लाइब्रेरीमा राखिने भएको छ । फिल्म निर्देशक फराह खानले ट्वीटरमा स्टाटस लेख्दै सो जानकारी गराएकी हुन् ।
शाहरुख खानको मुख्य भूमिका रहेको यस फिल्मले बलिउडका अहिलेसम्मका सबै रेकर्ड तोड्दै ३ सय ५० करोडको भारु कलेक्सन गरेको छ । पुस्तकालयमा राखिएका स्क्रिप्ट फिल्म सम्बन्धी अध्ययन अनुसन्धान गर्नेलाई उपलब्ध गराइन्छ । यसअघि शाहरुखका देवदास र चक दे इण्डिया फिल्को स्क्रिप्ट ओस्कारको पुस्तकालयमा राखिएको थियो ।
शाहरुखका अलावा यस फिल्ममा दिपिका पादुकोण, सोनु सुद, अभिषेक बचन, बोमन इरानी, विभान शाह र ज्याकी श्रफको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV