सोनु र कपिल नेपाल आउने, एनसेलको कार्यक्रमलाई भब्य बनाउने !
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक ३०–
पछिल्लो समय बलिउडका सेलिब्रेटीहरु नेपाल आउने क्रम बढ्दो छ । यही क्रममा अब चर्चित भारतिय गायक सोनु निगम र चर्चित कमेडी शो कमेडी नाइट्स विथ कपिलका कमेडियन कपिल शर्माको नाम पनि थपिने भएको छ ।
एनसेलले आगामी मंसिर २६ गते गर्न लागेको एक भब्य मनोरंजनात्मक कार्यक्रममा सोनु र कपिल नेपाल ल्याउने निर्णय गरेको हो । यिनीहरुसंगै नेपालका हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’, विल्सन विक्रम राई ‘तक्मे बढुा’, मुक्ति एण्ड रिभाइवलका दिपक आचार्य, गायक सुगम पोखरेल, यम बुद्ध लगायतले पनि प्रस्तुती दिने बताइएको छ ।
दशरथ रंगशालामा हुने उक्त कार्यक्रम भब्य रहने एनसेलको दाबी छ ।
For More videos Log on to Mazzako TV