मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक ३०–

नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले फिल्म खेल्ने चाहना देखाएकी छिन् । धेरैको प्रस्तावहरुलाई नकारिसकेकी यि गायिकाले सांगीतिक फिल्म खेल्ने चाहना देखाएकी हुृन् ।

indira1

शनिबार हेटौंडास्थित फिल्म ‘फन्को’ को सुटिङ सेटमा भेटिएकी इन्दिराले भनिन्– ‘साँगीतिक फिल्मको प्रस्ताव आएको खण्डमा म नेपाली फिल्म खेल्न सक्छु ।’ ‘मलाई अन्य विषयका फिल्म खेल्ने प्रस्ताव आएपनि साँगीतिक फिल्म खेल्ने प्रस्ताव भने अहिलेसम्म आएको छैन्’, उनले सुनाइन् ।

यद्पी इन्दिराले आफुलाई अभिनय भन्दा गाउनै सहज लाग्ने बताइन् । ‘फन्को’ मा साँगीतिक प्रस्तुती भएकै कारण आफु फिल्म खेल्न राजी भएको इन्दिराले खुलाइन् । चेतन सापकोटाको संगीत रहेको ‘फन्को’ को आइटम गीतमा इन्दिरा विशेष रुपमा प्रस्तुत हुनेछिन् । इन्दिरा स्वयम्को स्वर रहेको ‘फन्को’ को उक्त गीतको यतिबेला हेटौंडामा छायाँकन चल्दैछ ।

सुवर्ण थापाको निर्देशन रहेको ‘फन्को’ फिल्ममा नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङको संयुक्त लगानी रहेको छ । यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारीको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV