मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २९–

साहित्यकार एवम रचनाकार हेमन्त ढुंगेलको शब्द रहेको ‘टुट्यो तार सारंगीको’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । प्रतिबिम्ब एल्बममा समावेश उक्त गीतमा रन्जन रिजाल र सम्पदा बानिँया जोडी बनेका छन् ।

pratibimba 3

अशोक थापाको संगीत र शिशिर योगीको स्वर रहेको यो गीतमा वास्तविक जीवनलाई उतार्ने प्रयास गरिएको बताइएको छ । विधान कार्कीले निर्देशन गरेको यस गीतको छायांकन राजधानी भित्रै गरिएको हो । विदुर पाण्डेको छायांकन रहेको यस गीतलाई निशान घिमिरेले सम्पादन गर्दैछन् ।

‘गीतले बोलेजस्तै एउटा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथालाई हामीले भिडियोमा देखाउन खोजेका छौ’, निर्देशक कार्कीले भने– ‘भिडियोलाई राम्रो बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौँ । ’

गीतमा मोडल रन्जन र सम्पदाको रोमान्स देख्न पाइने छ । छायांकनको क्रममा खिचिएका उनीहरुको केही तस्विरहरु :-

Pratibimba 5

pratibimba 2

Pratibimba

Pratibimba 4

For More videos Log on to Mazzako TV