मज्जाको अनलाईन समाचार, शनिबार, कार्तिक २९, २०७१

‘न म हेन्डसम छु, न म पर्फेक्ट छु
न म सँग बडी छ, हातमा सिम्पल घडी छ
वाईयात छ तिम्रो लभ स्टोरी’

शुक्रबार गायक सुगम पोख्रेल बानेश्वर स्थित एक स्टुडियोमा यसरी भाका मिलाउदै थिए । भाका मिलाउदै उनी घरि घरि दिपकराज गिरी र दिपाश्री निरौलालाई नै हेरिरहेका थिए । छेवैमा बसिईरहेका दिपक र दिपाश्रीले पनि सुगमको गीतलाई सुन्दै प्रतिक्रिया दिईरहेका थिए । घरी उनी गीत गाउन छाडेर दिपक दिपासँग सल्लाह पनि गर्थे, अनि फेरी गीतमा अझ नयाँ स्टाईल दिन्थे । दृश्य निकै रमाईलो थियो ।

Sugam Pokhrel new
खासमा त्यहाँ चलचित्र ‘वडा नम्बर ६’ को गीत रेकर्डिङ्ग भईरहेको थियो । गीतमा सुगम पोख्रेलले आफ्नो आवाज भरिरहेका थिए । दिपकराज गिरीले नै यो गीतको शब्द लेखेका हुन्, संगीत सुगम पोख्रलकै हो ।

Sugam and Deepak
मंसीर ८ गतेबाट फ्लोरमा जान लागेको चलचित्र वडा नम्बर ६ को गीत रेकर्डिङ्ग शुरु गरिएको छ । चलचित्रको सिचुएसनलाई पोट्रे गर्ने यो गीतबाट निर्माण युनिटले निकै आशा राखेको छ । त्यही भएर पनि दिपक र दिपा नै स्टुडियोमा बसेर सुगमको भ्वाईस टेक लिईरहेका थिए । सुगम पनि पहिलो पटक चलचित्रका लागि ‘कमिक सङ्ग’ गाईरहेका हुनाले निकै कन्सियस देखिन्थे । गीतमा सुगमलाई प्रिती कौरले साथ दिएकी छिन् । ‘गीतमा उतारचढाव धेरै छ, मैले निकै मेहनत गरेको छु’, गायक तथा संगीतकार पोख्रेलले भने ‘एक पटक सुन्दा नै मान्छेको मुखमा यो गीत झुन्डिन्छ भन्ने लागेको छ,  राम्रो हुन्छ भन्ने कुरामा आशावादी छु’ । चलचित्रका निर्माता दिपकले पनि सुगमको गायकीको प्रशंसा गर्दै उनलाई ‘लामो रेशको घोडा’ भन्न समेत भ्याए ।

Sugam Pokhrel Deepak Raj Giri
चलचित्रका निर्माता दिपकराज गिरी ‘६ एकान ६’ का गीतहरु हिट भएपनि आफु भने गीतसंगीतबाट सन्तुष्ट नभएको   समेत बताउछन् । ‘६ एकान ६ मा के कमजोरी थियो भनि कसैले भन्यो भने म अहिलेपनि संगीत पक्ष नै हो भन्छु’ दिपकले भने, ‘अब वडा नम्बर ६ मा त्यो कमी महसुस गर्नुपर्ने छैनन्, संगीतमा यसपाली निकै मेहनत गरिएको छ’ । आफ्ना चलचित्रका गीतहरुमा यथार्थको धरातलमा रहेर मात्रै भावनाका कुराहरुलाई राखिने निर्माता गिरीको भनाई छ ।

Sugam Pokhrel and Deepashree
दर्शकहरुबाट आफ्ना चलचित्रहरुप्रति ‘एक्पेक्टेसन’ बढेकाले गर्दा पनि चलचित्रका साना साना कुराहरुमा पनि यसपाली निकै मेहनत गरिएको निर्मात्री दिपाले सुनाईन । उनका अनुसार वडा नम्बर ६ मा चारवटा गीत रहनेछ । यसपाली चारैवटा गीतलाई उत्तिकै प्राथमिकतामा राखिएको पनि उनले सुनाईन ।

दिपक, दिपा र निर्मल शर्माले मिलेर बनाउन लागेको चलचित्र ‘वडा नम्वर ६’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राई, प्रियंका कार्की मुख्य भुमिकामा प्रस्तुत हुनेछन् । चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV