मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २८–

प्रदर्शनको पहिलो दिन चलचित्र ‘जेरी’ को आज राजधानीमा विषेश शो आयोजना गरिएको छ । हात्तिसारस्थित जय नेपाल हलमा आयोजना गरिएको अनमोल केसी स्टारर ‘जेरी’ को विशेष शोमा नेपाली फिल्मका दर्जन बढी सेलिव्रेटीको उपस्थिति रह्यो ।

IMG_6695

अनमोल पिता भुवन केसीको विशेष निमन्त्रणामा गौरी मल्ल्ल, रेखा थापा, आर्यन सिग्देल, जिवन लुइँटेल, नम्रता श्रेष्ठ, निशा अधिकारी, पूजा शर्मा, नन्दिता के.सी , रिमा विश्वकर्मा, बेनिशा हमाल , मलिना जोशी लगायत दर्जन बढी कलाकारले ‘जेरी’ हेरे । सेलिव्रेटी, चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थितिले जय नेपाल हल खचाखच भएको थियो । सेलिव्रेटीको यस्तो जमघट विरलै हुने गर्दछ ।

‘होस्टेल’ जस्तो सुपरहिट फिल्म बनाएका हेमराज विसीद्वारा निर्देशित ‘जेरी’ हेरिसकेपछि कलाकार र संचारकर्मीहरुले खुलेर तारिफ गरे । चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया उनीहरुले दिएका थिए ।

IMG_6789

काठमाण्डू, पोखरा र मुस्ताङमा छायांकन गरिएको यस फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका हुन् । युवा पुस्ताको मनोविज्ञान र प्र्रेमलाई मुख्य विषय बनाइएको फिल्म ‘जेरी’ मा अनमोलसँगै आना शर्मा र अमल्या शर्माको मुख्य भूमिका रहेको छ ।

होस्टेलबाट डेब्यु गरेका अनमोल ‘टिनेजर्स’ माझ लोकप्रिय छन् । मनोज शेरचनले ‘जेरी’ को निर्माण गरेका हुन् ।

IMG_6705

‘हाउसफूल ओपनिङ’

आजबाट सार्वजनिक प्रदशर्नमा आएको जेरीले राजधानीमा हाउसफूलको आपेनिङ गरेको राजधानी वितरक पपकर्न पिक्चर्सले जनाएको छ । देशबाहिर पनि अधिकांश हलमा हाउसफूल ओपनिङ नै रहेको जानकारी प्राप्त भएको छ । त्यस्तै चावाहिलस्थित गोपिकृष्ण हलमा कलेज ड्रसमै बिहानी शोमा ‘जेरी’ हेर्न पुगेको केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरी छाडेको थियो ।

IMG_6680

IMG_6762

IMG_6683

IMG_6673

IMG_6677

IMG_6722

IMG_6684

For More videos Log on to Mazzako TV