मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २८–

नायक सौगात मल्ललाई गद्दी आरोहण गर्नका लागी बोलाइयो । गद्दीमा बसाएपछि उनलाई श्रीपेच लगाइयो । त्यसपछि नायिका केकी अधिकारीलाई पनि उनलाई साथ दिनका लागी छेउमा ल्याएर बसाईयो । यो दृश्य शुक्रवार दिउँसो राजधानीको अनामनगरस्थित युनियन हाउसमा देखिएको हो ।

IMG_6829

मंसिर ०५ गतदेखि सार्वजनिक प्रदशर्नमा आउन लागेको चलचित्र ‘श्री पाँच अम्बरे’ को नँया प्रचार शैलीको रुपमा सौगातलाई गद्दी आरोहण गराइएको थियो । जँहा चलचित्रमा ‘अम्बरे’ बनेका सौगातलाई ‘काली’ बनेकी केकीले साथ दिएकी थिइन् ।

IMG_6836

गद्दी आरोहण गरेका सौगातको छेवैमा बसेकी केकीले संचारकर्मीलाई अम्बरेमा आफुहरुले धेरै मिहेनत गरेका बताइन् । श्रीपेच लगाएका राजाको छेउमा बस्न पाउँदा आफुलाई रमाइलो भइरहेको पनि उनले सुनाइन् ।

दिपक आचार्य र टिएन आचार्यले निर्माण गरेको यस चलचिलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । दीपाले यसअघि ‘अन्तराल’को निर्देशन गरेकी थिइन् जसले दर्शक र समिक्षहरुको राम्रो प्रतिक्रिया पाएको थियो । ‘मैले ‘अन्तराल’ बाट धेरै कुरा सिक्दै ‘अम्बरे’ लाई स्तरीय बनाउन कुनै कसर बाँकी राखेको छैन् ’, निर्देशक दिपाले भनिन्– ‘त्यसैले चलचित्रबाट सकरात्मक प्रतिक्रिया आउने आशा राखेकी छु ।’

IMG_6816

कार्यक्रममा डिसिएनका अध्यक्ष अशोक शर्मा, द्वन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतले चलचित्र सफलताको कामना गर्दै मन्तव्य राखेका थिए । कार्यक्रम सकिएपछि नायक सौगातलाई गद्दीमा राखेर शहर परिक्रमा गराइएको थियो ।

नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृत्ति कायमै रहेको छ भन्ने विषयलाई देखाउन खोजिएको यो चलचित्रमा सौगात र केकीका अलावा विक्रम सिंह, सिर्जना अधिकारी, मार्टिन खान, राज गोदाइली लगायतका कलाकारहरुको अभिनय छ । प्रियंका कार्की र यमबुद्ध पनि विशेष भुमिकामा रहेका छन् ।

दर्शकको मन खिच्न यस चलचित्र युनिटले अनौठो प्रचारशैली अपनाउँदै आइरहेको छ । तर ‘अम्बरे’ ले दर्शकको मन कत्तिको जित्ने हो त्यसका लागी मंसिर ०५ पर्खनैपर्छ ।

– अनिल यादव

IMG_6832

IMG_6844

IMG_6827

For More videos Log on to Mazzako TV