मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २६–

My promiseमंसिर ०५ मा प्रदशर्न हुने भनिएको सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्म ‘माई प्रमिस’ पौष ११ मा रिलिज हुने भएको छ । विभिन्न प्रविधिक कठिना र हल ब्यवस्थापनको कारण देखाउँदै ‘माई प्रमिस’ को नयाँ प्रदशन मिति तय गरिएको निर्माण युनिटले बताएको छ ।

निर्माता एवं नायक रमेशचन्द्र राईले भनेका छन्, ‘पौष ११ बाट भने हामी कुनै पनि हालतमा रिलिज मिति सार्ने मनस्थितिमा छैनौं ।’  टिआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘माई प्रमिस’ मा रमेश चन्द्र राई, नरकुमार लिम्बु, केकी अधिकारी, विल्सनबिक्रम राई, अनुराग कुँवर, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  बिदेशमा रहेका नेपाली लाहुरेको कथा बोकेको फिल्मलाई सेन्सर बोर्डले पिजी प्रमाणपत्र उपलब्ध गराएको छ ।

‘माइ प्रमिश’ को मिती सारिएपछि अब मंसिर ५ गते दुई फिल्म ‘श्री ५ अम्बरे’ र ‘हमजाएगा’ मात्रै प्रदर्शन हुनेछन् ।

For More videos Log on to Mazzako TV