मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २६–

अभिनेत्री केकी अधिकारीको दिमागमा यतिबेला अभिनेता सौगात मल्ल अमिट छाप बनेर बसेका छन् । केकी अधिकारी भन्छिन्, ‘मेरो दिमागमा यतिबेला सौगात मल्ल मात्रै हुनुहुन्छ ।’  केकीले फिल्म ‘श्री ५ अम्बरे’ को रिलिज प्रसंगलाई लिएर यस प्रकारको अभिव्यक्ति दिएकी हुन् ।

keki
हिमालय टेलिभिजनबाट साप्ताहिक रुपमा प्रशारण हुने ‘फिल्मी चेक पोस्ट’ कार्यक्रम अन्र्तगत भिजे अर्जुन केआरसँगको ६ प्रश्नमा केकीले भनेकी छिन्, ‘कुर्सीमा बसरे श्रीपेच लगाएको सौगात मल्ल मेरो दिमागमा हुनुहुन्छ । यो बाहेक अरु कुनै पनि कुरा यतिबेला मेरो दिमागमा छैन ।’ भिजे केआरले अहिले तपाइँको दिमागमा के छ भनि केकीलाई प्रश्न गरेका थिए । केकीसँगको थप कुराकानी सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।


जिवनसाथी फिल्मस् ब्यानरमा निर्मित फिल्म ‘श्री ५ अम्बरे’ आउँदो मंसिर ५ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । दिपा बस्नेत निर्देशित यो फिल्ममा सौगात र केकीको शिर्ष भूमिका छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की पनि छिन् । लेखन अभिमन्यू निरवीको छ ।

For More videos Log on to Mazzako TV