‘तिज’ नामक डकुमेन्ट्री निर्देशन गर्दै , ‘डा.खाते’ अभिनेत्री अब निर्देशक बन्दै
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २६–
फिल्म ‘डा.खाते’ अभिनेत्री एवं निर्मात्री रोशनी केसी निर्देशक भएकी छिन् । सामाजिक विषयवस्तुमा फिल्म निर्माण गर्न रुचाउने रोशनीले ‘तिज’ नामक डकुमेन्ट्री फिल्म निर्देशन गरेकी हुन् ।
आफ्नै लगानीमा रोशनीले केही समय पहिले नेपाली महिलाको सामाजिक विषयवस्तुमा आधारित उक्त डकुमेन्ट्री निर्देशन गरेकी हुन् । विभिन्न मुलुकमा च्यारेटीको क्रममा रहेको ‘डा.खाते’ निर्मात्री एवं अभिनेत्री केसीले भनिन्, ‘म फरक फरक विषयमा फिल्म निर्माण एवं निर्देशन गर्न चाहान्छु । तिजले नेपाली महिलाको कथा बोल्छ । फिल्मबाट समाजलाई सकारात्मक प्रभाव परोस् भन्ने मेरो उद्धेश्य हो ।’
रामशरण उप्रेतीले छायाँकन गरेको डकुमेन्ट्री फिल्म ‘तिज’ को कथा अमेरिकी साहित्यकार जेम्स ओग्लेथ्रोपले तयार गरेका हुन् । उचित समय मिलाएर ‘तिज’ को शो समेत गरिने रोशनीले बताइन् । उनले भनिन्, ‘अहिले डा.खातेको च्यारेटीमै व्यस्तु छु । समय मिलाएर ‘तिज’ को पनि शो गर्नेछौं ।’ रोशनी केसीको निर्माण एवं अभिनय रहेको फिल्म ‘डा.खाते’ लाई रवि अर्यालले निर्देशन गरेका हुन् । ‘डा. खाते’ ले सडक बालबालिकाको सडक बसाइँ, बाध्यता र चाहनाको कथा बोल्छ ।
नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकको संख्या औंलामा गन्न सक्ने छ । निर्देशनमा रोशनीको आगमनले पक्कै पनि महिला पनि फिल्म निर्देशनमा आउन उत्प्रेरित गर्नेछ ।
For More videos Log on to Mazzako TV