कमेडी स्वादमा बन्ने भो ‘चंखे शंखे पंखे’ (फोटोफिचर)
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २५–
कमेडी स्वादमा चलचित्र ‘चंखे शंखे पंखे’ बन्ने भएको छ । आज राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
राष्ट्रप्रेमलाई पनि देखाइने यस चलचित्रमा सुर्दशन थापा आफै निर्देशक र मुख्य अभिनेता बन्ने भएका छन् । पत्रकार भेटघाटमा सुर्दशनले स्वर्गीय निर्देशक आलोक नेम्वाङको नामलाई विर्सन सकेनन् । उनी भावुक हुँदै भन्दै थिए– ‘ जसले हिरो बनाए आज उनी आफ्नै सामु छैनन् तर उनका यादलाई बिर्सन कहाँ सकिन्छ र ?’ निर्देशक थापालाई स्वं. नेम्वाङ्गले नै चलचित्र ‘अझै पनि’ मार्फत हिरो बनाएका हुन्, जुन चलचित्र फाल्गुन १५ गतेबाट प्रर्दशनमा आउदैछ ।
सन्तोष सेनको निर्माणमा बन्ने ‘चंखे शंखे पंखे’ मा सुर्दशनसंगै सुवास थापा र नव कलाकार प्रेम पुरी पनि देखिँदैछन् । चलचित्रमा सुवास ‘चंखे’, निर्देशक थापा ‘पंखे’ र प्रेम ‘शंखे’ को भुमिकामा देखिने पनि जानकारी दिइयो । चलचत्रिमा नायिकाहरु नन्दिता केसी र पुजा शर्माले यि हिरोहरुलाई साथ दिने बताईएको छ ।
त्यस्तै चलचित्रमा राजाराम पौडेल, प्रमोद अग्रहरी, श्याम राई, ध्रुव कोईराला, रविन्द्र खड्का आदी कलाकारहरुलाई पनि देख्न पाईनेछ । काठमाण्डौं उपत्यका आसपासका लोकेशनहरुमा सुटिङ्ग गरिने यस चलचित्रको बजेट ८० लाख रहने छ । चलचित्रको क्वालिटीमा कुनैपनि कम्प्रमाईज नगरिने निर्माण युनिटले बताएको छ ।
आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा ताराप्रकास लिम्बुको संगीत रहनेछ । चलचित्रमा गोविन्द राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्वन्द निर्देशन र राजेश श्रेष्ठको छायांकन रहनेछ । चलचित्रको सुटिङ्ग यही सातादेखि शुरु गरिने पनि जानकारी गराईएको छ ।