मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २५–

‘हिम्मतवाली’ नायिका रेखा थापा र नायक निखिल उप्रेतीले झण्डै आठ वर्षपछि संगै स्क्रिन शेयर गर्ने भएका छन् ।

Rekha and Nikhil

वितरक गोपाल कायस्थले निर्माण गर्न लागेको फिल्म ‘लुटेरा’ मा नेपाली सिने नगरीका यि दुई चर्चित कलाकारले संगै जोडी बाँध्ने भएका हुन् । यो चलचित्रलाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । ‘लुटेरा’ मा रेखा र निखिलले संगै स्क्रिन शेयर गर्ने विषयमा निर्देशक श्रेष्ठले भने– ‘मौखिक सम्झौता भइसकेको छ, लिखित हुन बाँकी छ, सम्भवत: यही हप्ताभित्रमा हुन्छ ।’ रेखालाई नै लिएर सविरले बनाएको चलचित्र ‘तथास्तु’ यही पौष २५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।

रेखा र निखिलले यसअघि धड्कन, निखिल दाई, कर्मयाद्धा, बरमाला, दोबाटो जस्ता दर्जन सफल चलचित्रहरुमा अभिनय गरिसकेका छन् । कुनैबेला पानी बाराबारको सम्बन्ध भएका रेखा र निखिलको यो सम्बन्ध सुध्रनुमा निर्माता कायस्थको निकट सम्बन्ध रहेको विश्लेषण गरिएको छ ।

चाहे जे होस्, यि दुईको जोडीले फेरी एकपटक नेपाली दर्शकमाझ तहल्का मच्चाउने देखिन्छ । कि कसो ?

For More videos Log on to Mazzako TV