‘अलविदा’ को नँया गीत आधा-आधा, आर्यन र अनिताको यो कस्तो नाता ! (भिडियो)
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २५–
पौष २५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउन लागेको प्रतिक्षित फिल्म ‘अलबिदा’ को ‘आधाआधा’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र अनिता आचार्यसंगै निर्माता हसन खानलाई फिचरिङ गरिएको छ ।
रामजी लामिछानेले निर्देशन गरेको यस गीतमा आर्यन र अनिताको रोचक ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।
लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलबिदा’ ले हिन्दू र मुस्लिम धर्ममा विश्वास गर्ने युवा युवतीको माया प्रेमलाई दर्शाउँछ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् ।
Watch Song Here :-