मज्जाको अनलाईन समाचार, काठमाण्डौँ, कार्तिक २५–

आठ वर्षिया बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ को ३१ सेकेण्डको छाटो प्रोमो सार्वजनिक गरिएको छ । जँहा बाबु छोरीको प्रेमलाई निकै मर्मस्पशी ढंगले देखाउन खोजिएको छ ।

Love You Baba film

सौगातका बाबु गजित विष्ट र दिदी संगम विष्टलाई विशेष फिचरिङ गरिएको प्रोमोमा चर्चित गायक स्वरुपराज आचार्यको आवाज पनि सुन्न सकिन्छ ।  एउटी छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्ष र प्रेमलाई मुख्य कथावस्तु बनाइएको यो चलचित्र आगामी मंसिर २६ गतेदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ । चलचित्रमा गजित र संगमका अलावा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिनेता गजितको कथामा तयार गरिएको चलचित्रमा गम्भीर बिस्टको पटकथा तथा संबाद र दिव्यराज सुबेदीको छायांकन रहेको छ । प्रितम पाण्डेको सम्पादन, सत्य स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाको गीत रहेको छ ।

यही चलचित्र मार्फत निर्देशक सौगात विश्वकै कान्छो कलाकारका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी गर्दैछन् । त्यसैले पनि उनको यो चलचित्र नेपाली दर्शकमाझ प्रतिक्षित बनेको छ ।

Watch Promo Here :-

For More videos Log on to Mazzako TV