मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २४–

त्रिकोणत्मक प्रेम कहानीमा बनेको फिल्म ‘भूल भुलैया’ आगामी चैत १३ गते देखि सार्वजनिक प्रदशर्नमा आउने भएको छ ।

bhulbhulaiya

फस्टलुक सार्वजनिक गर्दै चलचित्रले आज आफ्नो रिलिज मिती पनि घोषणा गरेको हो । योगशे घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन लुइँटेल, सोहित मानन्धर र निता ढुङ्गानाको मुख्य अभिनय रहेको छ । आज सार्वजनिक फस्टलुकमा पनि यि तीन कलाकारलाई नै देखाइएको छ ।

निरज ढकाल, सुशील कार्की, सुरेश गौतम र मणिराज दाहालको संयुक्त लगानीमा ‘भूल भुलैया’ निर्माण भएको हो । जिवन, निता र सोहितको साथमा यो फिल्ममा देशभक्त खनाल, मोहन निरौला लगायतका कलाकारको अभिनय छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । चलचित्रका लेखक शिवम् अधिकारी हुन् । निर्देशक विकास आचार्य ‘भूल भुलैया’ का सल्लाहाकार हुन् ।

अरुष ईन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्म ‘भूल भुलैया’ को यतिबेला चक्रपथस्थित रेड स्टुडियोमा पोष्ट प्रोडक्सनको कार्य चल्दैछ । फिल्मका सम्पादक बनिश शाह हुन् ।

For More videos Log on to Mazzako TV